arrow

पम्फा भुषालले मागिन् वामदेव गौतमसँग भोट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १३ आइतबार
bamdev-pampha-2079.jpg

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ कि उम्मेदवार माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले वामदेव गौतमसँग भोट मागेकी छिन् । भैंसेपाटीस्थित गौतम निवासमा पुगेर भुषालले  भोट मागेकी हुन् ।

एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका गौतम पछिल्लो समय राजनीतिक सक्रिय छैनन् । एमाले विभाजनपछि एमाले र नेकपा एकीकृत समाजवादीमा नगई वाम एकताको पक्षमा लागेको बताउने गौतम देश चुनावमय हुँदा निस्क्रिय देखिन्छन् । उनै गौतमलाई भेटेर भुषालले आफूलाई मत दिन र चुनावमा सघाउन आग्रह गरेकी हुन् । 

सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी भुषालले २०६४ र २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । तर, २०७० सालको निर्वाचन भने उनी सम्मिलित पार्टीले बहिस्कार गरेको थियो । 

यसपटक गठबन्धनको समर्थनसहित उनी चुनावी मैदानमा छिन् । हाल राजनीतिमा सक्रिय नरहेका र कतै नदेखिएका गौतमलाई भेटेर उनले आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ