- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउडमा जम्पिङ ज्याक भनेर चिनिने अभिनेता जितेन्द्र आफ्नो अभिनयका साथसाथै उत्कृष्ट व्यक्तित्वका लागि पनि चर्चित थिए । कुनै बेला उनको स्टाइलको निकै चर्चा भएको थियो । उनको स्टाइल देखेर धेरै नायिकाहरू चकित भए । जितेन्द्रको नाम हेमा मालिनी, श्रीदेवी, जया प्रदाजस्ता अभिनेत्रीसँग जोडिएको थियो । तर, उनले आफ्नो बाल्यकालकी साथी शोभा कपुरसँग विवाह गरे ।
जितेन्द्र कपुरको फिल्म इन्डस्ट्रीका धेरै अभिनेत्रीहरूसँग अफेयर थियो । तर, शोभा कपुरले उनको जीवनसाथी बन्ने सुअवसर पाएकी छिन् । दुवैको प्रेम कथा निकै रोचक छ । दुवैले एक अर्कालाई सानैदेखि चिनेका थिए । शोभा कपुर १४ वर्षकी हुँदा जितेन्द्रसँग प्रेममा परेकी थिइन् ।
जितेन्द्रले शोभा कपूरलाई पहिलो पटक मुम्बईको मरिन ड्राइभमा देखे। १६ वर्षको उमेरमा दुवैले एक अर्कासँग धेरै समय बिताउन थाले । जितेन्द्र सङ्घर्षरत हुँदा शोभा ब्रिटिश एयरवेजमा काम गरिरहेकी थिइन् । जागिरका कारण शोभाले प्रायः विदेशमा बस्नुपर्यो र जितेन्द्रले चाहेर पनि भेट्न पाएनन् ।
एक समय यस्तो आयो जितेन्द्र कपुरले अभिनेत्री हेमा मालिनीलाई मन पराएका थिए । दुईको बिहे पनि हुन लागेको थियो ! जसका कारण शोभा कपुर र जितेन्द्रको सम्बन्धमा दरार आएको बताइएको छ । जितेन्द्र-हेमा दुवै स्टारको विवाह हुन लागेको थियो तर यसैबीच धर्मेन्द्र शोभा कपुरसँग विवाहमा पुगे । धेरै कोलाहलपछि जितेन्द्रको हेमा मालिनीसँगको विवाह टुट्यो । र पछि धर्मेन्द्रले हेमासँग विवाह गरे ।
जितेन्द्र र शोभा कपुरले ३१ अक्टोबर १९७४ मा गोप्य रूपमा विवाह गरेका थिए । शोभा कपुरले जितेन्द्रसँग बिहे गर्नको लागि जागिर छाडेकी थिइन् । जसका कारण उनले आर्थिक सङ्कट समेत झेल्नु पर्यो । इन्डस्ट्रीमा निकै सङ्घर्षपछि जितेन्द्रले फिल्म ‘बिदाइ’ पाए । फिल्म सुपरहिट भयो र जितेन्द्रको भाग्य फेरि खुल्यो । जितेन्द्र र शोभा कपूरकी छोरी एकता कपूर फिल्म र टिभी सिरियल निर्माता हुन्। योसँगै उनका छोरा तुषार कपुर पनि बलिउडमा सक्रिय छन् ।
अर्को तर्फ जितेन्द्र आफ्नो प्रत्येक चलचित्रमा श्रीदेवीसँग अभिनय गर्न रुचाउने गरेका थिए । राजमुन्दरीमा चलचित्रको बाहिरि सुटिङ चलिरहेको थियो । श्रीदेवी आमा बहिनिसँग सेटमा पुगेकी थिइन् । उनि हिन्दि बोल्न खासै नजानेकाले अंग्रेजीमा कुरा गर्थिइन् । उनि अन्य अभिनेत्रि जस्तो थिइनन् । उनि सेटका सहयोगिसँग कुरा गर्थिइन् र आफ्नो डाइलग्स पढ्न व्यस्त हुन्थिइन् ।
सो समय जितेन्द्रले श्रीदेवीको प्रदर्शन निकै रुचाए । साथै उनले निर्देशक के. राघवेन्द्र रावसँग आफ्ना सबै चलचित्रमा श्रीदेवीलाई राख्न अनुरोध गरे । सोहि कारण 'हिम्मतवाला' पछि रावले दुवैलाई सन् १९८३ मा चलचित्र 'जानी दोस्त' , १९८३ मै 'जस्टिस चौधरी' , १९८४ मा 'तोहफा' मा सँगै अभिनय गराए । यस बाहेक दुवैले १९८६ मा चलचित्र 'सुहागन' र 'धर्म अधिकारी' सन् १९८८ मा 'दिल लगाके देखो' जस्ता चलचित्रमा अभिनय गरेका छन् । चलचित्रमा आउनुभन्दा पहिले जितेन्द्रलाई रवि कपुरको नामबाट चिनिन्थे । उनलाई यो नाम वी शान्तारामले दिएका हुन् ।