arrow

घरको पाँचौँ तलाबाट खसेर बालिकाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
dead1.jpg

काठमाडौं । काठमाडौंको बागबजारमा घरको छतबाट खसेर  बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियासा महर्जनको आज बिहान मृत्यु भएको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए ।

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ