arrow

अक्षय र अजयलाई धूलो चटायो मौला जटले, आरआरआरलाई छोड्यो पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १४ सोमबार
rr-jet.jpg

काठमाडौं ।  फवाद खानको पाकिस्तानी फिल्मले १७ दिनमै विदेशमा ठूलो कमाई गरेको छ ।  फवाद खानको पाकिस्तानी फिल्म ‘द लिजेण्ड अफ मौला जट’ ले  रिलिज भएको १७ दिनमा यूके बक्स अफिसमा एसएस राजामौलीको आरआरआरलाई उछिनेको छ।

फिल्म ‘द लिजेन्ड अफ मौला जट’ को अफिसियल इन्स्टाग्राम एकाउन्टमा गरिएको पोस्टमा यो दाबी गरिएको हो । फवादको फिल्मले २०२२को सबैभन्दा धेरै कमाउने भारतीय फिल्म आरआरआरको लाइफटाइम कलेक्सन यूकेमा मात्र १७ दिनमा पार गरेको छ। 

 फिल्म ‘द लिजेन्ड अफ मौला जट’का निर्देशक बिलाल लशारीको तारिफ गरेका छन् । राजमौलीको आरआरआर बाहेक अक्षय कुमारको राम सेतु र अजय देवगणको थाङ्क गडलाई पनि कमाइको हिसाबले ‘द लिजेन्ड अफ मौला जट’ले धूलो चटाएको छ । रिपोर्टका अनुसार बेलायत र उत्तरी अमेरिकामा कम स्क्रिनमा रिलिज भए पनि फिल्मको कमाई अक्षय र अजयको फिल्मभन्दा बढी छ ।

सन् १९७९ मा आएको फिल्म ‘मौला जट’ को रिमेक ‘द लिजेण्ड अफ मौला जट’ मा फवाद खानले मुख्य भूमिका निभाएका छन् । यसमा फवादसँगै माहिरा खान, हमजा अली अब्बासी र हुमैमा मलिकलगायत अन्य पाकिस्तानी सेलेब्सले काम गरेका छन् । फिल्मले उत्कृष्ट समीक्षा पाएको छ । 

निर्देशक बिलाल लाशारीको ‘द लिजेण्ड अफ मौला जट’ पाकिस्तानको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । फिल्मले रिलिज भएको १० दिनमै विश्वभर १०० करोड पाकिस्तानी रुपैयाँ पार गरेको छ। योसँगै उनले धेरै कीर्तिमान बनाएका छन् । केही दिनअघि बलिउड निर्माता निर्देशक करण जोहर यो फिल्म हेर्न थिएटर पुगेको दाबी गरिएको छ । 



नयाँ