arrow

सुस्तामा डुङ्गा डुब्दा तीन जनाको मृत्यु

logo
रवीन्द्र यादव,
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
boat.JPG

नवलपरासी पश्चिम । नवलपरासीमा नारायणी नदी किनार स्थित नर्सही घोलामा डुङ्गा डुब्दा तीन जनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका वडा नं ४ गोकुलनगरको नसर्ही खोलाको घोला पारि पटनहिया स्थित  डुङा डुब्दा सो दुर्घटना भएको हो । 

सुस्ता गाउँपालिका वडा नं ४ मा पिकनिक खान गएका युवाहरू चढेको डुङ्गा दुर्घटना हुँदा सुस्ता गाउँपालिका ४ का २२ वर्षीय गुडडु हरिजन ,सोही स्थानका १८ वर्षीय निरज हरिजन र रञ्जित गुप्ता गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले जानकारी दिए । 

डुङ्गामा सवार ३ जना घाइते भएका छन् । उनीहरूको उपचार सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा भइरहेको जिल्ला प्रहरीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन , सोहीत सहानी घाइते छन् । पिकनिक जान गएका युवाहरू चढेको डुङा एक्कासि डुबेको हो । नारायणी नदीको घोलामा डुङा डुबेको प्रहरीले जनाएको छ । दुई जना भने सुरक्षित घर फर्किसकेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ