arrow

नापोलीलाई जिते पनि लिभरपुल उपविजेतामै सीमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
mohammad-salah-liverpool.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इङ्गलिश क्लब लिभरपुलले नापोलीलाई हराए पनि उपविजेतामै सीमित भएको छ । समूह चरणको अन्तिम खेलमा मंगलबार राति लिभरपुलले नापोलीलाई २–० गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । अन्तिम पाँच मिनेटमा दुई गोल सम्भव भएको हो । ८५ औं मिनेटमा सलाहले र इन्जुरी समयमा नुनेजले गोल गरेका हुन् । 

यो जितसँगै समूह ‘ए’ को लिभरपुलले ६ खेलमा १५ अंक जोड्यो । लिभरपुल समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । गोल अन्तरका आधारमा नापोली १५ अंक जोडेर शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुगेको छ ।

नापोली हेड टु हेडमा लिभरपुल भन्दा अघि रहेको हो ।

आयाक्स र रेन्जर्स भने बाहिरिएका छन् । समूह चरणको अन्तिम खेलमा आयाक्सले रेन्जर्सलाई ३–१ ले हरायो ।

समूह सीमा बायर्न म्यूनिख समूह विजेता तथा इन्टर उपविजेता बन्दै नकआउटमा पुग्यो । अन्तिम खेलमा बायर्नले इन्टरलाई २–० ले हरायो । 

यो समूहबाट बार्सिलोना र भिक्टोरिया प्लेजेन बाहिरिएका छन् । बार्साले अन्तिम खेलमा प्लेजेनलाई ४–२ ले हरायो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ