arrow

भारतले ल्यायो डिजिटल मुद्रा ई-रुपी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
e-rupee.jpg

काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई) ले मंगलबारदेखि परीक्षणका रुपमा डिजिटल रुपैयाँ ई-रुपी प्रयोगमा ल्याएको छ । यससँगै आरबीआई डिजिटल मुद्राको पाइलट योजना शुरु गर्ने विश्वका केही प्रमुख केन्द्रीय बैंकभित्र परेको छ ।

भारतमा डिजिटल मुद्रा ई-रुपी 'होलसेल (ई-डब्ल्य) र 'रिटेल' (ई-आर) गरी दुई किसिमका रहने छन् ।  होलसेल ई-रुपी अन्तरबैंकिंग कारोबारमा प्रयोग हुनेछ भने, रिटेल सर्वसाधरणका लागि हुनेछ ।

अहिले परीक्षणका रुपमा भारतका सरकारी धितोपत्र बोर्डहरु र केही बैंकमा ई-डब्ल्यूको कारोबार सुरु भएको हो । डिजिटल मुद्राले एकै समयमा कारोबार र सेटलमेन्टका लागि काम गर्ने उद्देश्य राखिएको छ । केही सातापछि ई-आर पनि सार्वजनिक हुने भारतको रिजर्भ बैंकले जनाएको छ ।

भौतिक मुद्राजस्तै भारतीय रिजर्भ बैंकले नै ई-रुपी जारी गर्नेछ । भारतले सन् २०२३ सम्ममा पूर्ण रुपमा डिजिटल मुद्रा लागू गर्ने लक्ष्य राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ