- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आकांक्षा रञ्जन कपुर आलिया भट्टकी सबैभन्दा मिल्ने साथी हुन् । आकांक्षा हरेक ठूला अवसरमा आलियासँग उभिएकी देखिन्छिन् । यति मात्र होइन, आलियाको विवाहको अवसरमा पनि आकांक्षा भावुक भएर रोइन् । आकांक्षाको बिग मोमेन्ट्समा आलिया पनि उनीसँगै उभिएकी थिइन् । आकांक्षाकी जेठी बहिनीको बिहेको समयमा पनि आलियाले आफ्नो व्यस्त कार्यक्रमबाट समय निकालेर आफ्नो बेष्टीसँग समय बिताइन् ।
मुम्बईमा बस्ने आकांक्षाको जन्म १८ सेप्टेम्बर १९९३ मा भएको थियो । आकांक्षाले आलियासँगै जमनाबाई नार्सी स्कुलमा पढिन् । त्यसपछि आकांक्षाले ह्विस्टलिंग वुड एक्टिङ्ग स्कूलबाट डिप्लोमा गरिन् । उनले आईटीएबाट अभिनयमा एक वर्षे कोर्स पनि गरेकी छन् ।
आकांक्षाले आफ्नो करियर मोजलिङबाट सुरु गरेकी थिइन् । उनले नीता लुल्ला, विक्रम फडनीस, मनिष मल्होत्रा जस्ता ठूला डिजाइनरहरूको लागि र्याम्प वाक गरेकी छिन्। यसपछि आकांक्षाले म्युजिक भिडियो पनि गरेकी छिन् । २०१९ मा आकांक्षाले टेलिभिजनको संसारमा प्रवेश गरिन् र टीसीएल को फेसन शृङ्खला, डिकोडेड बाट डेब्यु गरिन्। आकांक्षाले आफ्नो फिल्मी करियर २०२० मा कियारा आडवाणीको ओटीटी रिलिज गिल्टीबाट सुरु गरेकी थिइन्। यसपछि आकांक्षा नेटफ्लिक्सको रे सिरिजमा पनि देखिएकी थिइन् ।
आकांक्षालाई धेरै पटक क्रिकेटर केएल राहुलसँग पनि भेटिएको थियो । अभिनेत्री उनीसँग डेट गरेको अफवाहहरू पनि फैलिए । तर, यसबारेमा खुलेर कुनै प्रतिक्रिया दिइएनन् । अहिले केएल राहुल सुनिल शेट्टीकी छोरी आथियासँग डेट गरिरहेका छन् । दुवैको विवाहको चर्चा पनि चलिरहेको छ । आथिया प्रायः उनको खेल हेरिरहेको देखिन्छ।
आकांक्षा सामाजिक सञ्जालमा पनि निकै चर्चित छिन् । इन्स्टाग्राममा उनका ७१८ हजार फलोअर्स छन् ।