arrow

कपिलवस्तुका एमाले नेता कसौधन कांग्रेसमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
basudev-prasad-kasaudhan-uml-to-congress.jpg

कपिलवस्तु । एमालेका नेता तथा कपिलवस्तु नगरपालिकाका पूर्व उपप्रमुख बासुदेवप्रसाद कसौधन नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कसैधनसहित एमालेका तर्फबाट कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारसमेत रहेका तौलिहवा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सन्तोषकुमार कसौधन र उनका छोरा युवा नेता अमरदिप कसौधनसहितका नेताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । 

पार्टीका जिल्ला सभापति अब्दुल कलाम खाँ, प्रदेश सहमहामनत्री तथा प्रतिनिधि सभा २ का उम्मेदवार सुरेन्द्रराज आचार्य, निर्वतमान केन्द्रीय सदस्य एवं सांसद अतहर कमाल, पूर्व जिल्ला सभापति तथा कपिलवस्तु २ (२) का प्रदेश सभा उम्मेदवार सुधाकर पाण्डेय, पूर्व जिल्ला सभापति तथा समानुपातिक प्रदेश सभा सदस्य उम्मेदवार राजेश आचार्य लगायतले नवप्रवेशीलाई पार्टीमा  स्वागत गरेका छन् । 

सांसद बृजेशकुमार गुप्ताका विश्वासपात्र परिवारको रुपमा रहेका बासुदेवसहित परिवारका सदस्यहरुको कांग्रेस आगमनले जिल्लामै कांग्रेसको अवस्था सुदृढ भएको कार्यक्रमका वक्ताहरुले जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ