arrow

गोली हानी शिवसेना नेता सुरीको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
sudhir-suri-shivsena-india-killed.jpg

अमृतसर । भारतमा शिव सेनाका नेता सुधीर सुरीको शुक्रबार अमृतसरमा गोली हानी हत्या गरिएको छ । अमृतसरको गोपाल मन्दिर नजिकै विरोध प्रदर्शनका क्रममा गोली चलेको थियो । 

घटना लगत्तै सुरीलाई अस्पताल लगिएको थियो जहाँ उनको मृत्यु भएको हो । प्रहरीले घटनास्थलमा पुगेर आरोपीलाई पक्राउ गरेको छ । प्रहरीले आरोपितबाट हतियारसमेत बरामद गरेको अमृतसरका प्रहरी आयुक्त अरुण पाल सिंहले जनाएका छन् ।

घटना बारे थप अनुसन्धान जारी छ। एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ