arrow

सिटी एक्सप्रेसको दोस्रो महिनाको एक तोला सुन विजेताको नाम घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १८ शुक्रबार
city-express-second-months-dashain-gold-2079.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो , दसैँ तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत दोस्रो महिनाको एक तोला सुन विजेताको नाम घोषणा गरेको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना गुरुङले १ तोला सुन जित्न सफल भएकी छिन्।

सोही योजना अन्तर्गत असोज १२ देखी कार्तिक १५ गते सम्म दोस्रो चरणको अन्य पाँच जनाले साप्ताहिक उपहार १०-१० तोला चाँदी जित्न सफल भएका छन्। साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रवीन्द्र मानन्धर, कुवेतबाट सुनिता दराई, इराकबाट सुशीला तामाङ  साथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०-१० तोला चाँदी जित्न सफल भएका छन्।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते समस्त नेपालीहरूको महान् चाड २०७९ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूसँग पर्वको खुसी साट्न लगातार ६३ दिन सम्म चल्ने “विदेशबाट सिटी आयो , दसैँ तिहारलाई गोल्डेन बनायो ” उपहार योजना घोषणा गरेको थियो।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै  ६३ दिन लगातार हरेक दिन १६ जना विजेताहरूलाई  आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जना भाज्ञशाली बम्पर विजेतालाई ५ तोला सुन उपहार प्रदान गरिने छ।

कम्पनीका अनुसार यस “विदेशबाट सिटी आयो ,दसैँ तिहारलाई गोल्डेन बनायो” अफर भदौ १५ गते देखि कार्तिक १५ गते सम्म चलेको हो। यो अवधि भरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका हुन्।

यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा  गरिएको हो। कम्पनीले अब छिट्टै ५ तोला सुन जित्ने बम्पर विजेताको नाम पनि लक्की ड्र मार्फत घोषणा हुने जानकारी गराएको छ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ