arrow

बसडिलियाको सिङ्गो गाउँ नै कांग्रेसमा प्रवेश, बालकृष्ण खाँणले भित्र्याए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १९ शनिबार
balkrishna-khand-party-entry-.jpg

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेको छ । गृहमन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पाँच दलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाँण र प्रदेश सभा ३ क का उम्मेदवार सन्तोशकुमार पाण्डेलाई समर्थन गर्दै उक्त गाउँ कांग्रेसमा प्रवेश गरेको कांग्रेस क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए । 

मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त गाउँबाट शनिबार आयोजित कार्यक्रममा १ सय ५१ जना पार्टी प्रवेश गर्दै कांग्रेसको सदस्यतासमेत लिएका छन् । प्रवेश गर्नेहरुमा एमालेबाट निर्वाचित पूर्व वडा सदस्य अस्गर अली फकीरलगायत रहेका छन् । 

उनले नेता खाँण रुपन्देहीको मात्र नभई सिंगो मुलुकको नेता तथा यस क्षेत्रको अविभावकसमेत भएकाले गाउँले उनको पक्षमा समर्थन जनाएको जानकारी दिए । 

उनीहरुलाई पार्टी सदस्यता वितरण गर्दै गृहमन्त्री खाँणले देश विकास र शुसासनको अभियानमा लागेको गठबन्धनलाई विजयी गराउन जुट्ने सबैलाई धन्यवाद दिए । 

उनले कांग्रेस सबैको पार्टी र सबै अट्ने पार्टी भएको स्मरण गराउर्दै आगामी दिनमा वर्तमान व्यवस्था बचाउँदै जनताको अवस्था बदल्ने अभियानमा सहकार्य गरेर अगाडि बढ्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ