arrow

रुससँग वार्ता गर्न युक्रेनलाई अमेरिकाको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
biden-ukraine-russia-war.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जाे बाइडेन प्रशासनले निजी वा गोप्य रूपमा युक्रेनका नेताहरूलाई रुससँग वार्ता गर्न खुलापनको संकेत गर्न आग्रह गरिरहेको वाशिंगटन पोस्टले रिपोर्ट गरेको छ ।

यसअघि युक्रेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्ताबाट नहटेसम्म शान्ति वार्ता नगर्ने भनेको थियो । तर अहिले अमेरिकाले पुटिनलाई सत्ताबाट हटाइएन भने शान्ति वार्तामा संलग्न नहुने भन्ने कुरालाई अस्वीकार गर्न आग्रह गरिरहेको खुलेको हो ।

 वाशिंगटन पोस्टले छलफलसँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै अमेरिकी अधिकारीहरूको अनुरोध युक्रेनलाई वार्ताको टेबुलमा धकेल्ने उद्देश्यले नभएको बताएका छन् ।

यस विषयमा भएको छलफलले युक्रेनमा बाइडेन प्रशासनको स्थितिको जटिलतालाई चित्रण गरेको बताइएको छ । अमेरिकी अधिकारीहरूले आठ महिना लामो द्वन्द्वको समाधानको आशामा जति समय लागे पनि ठूलो रकम सहायताको साथ किभलाई समर्थन गर्ने वाचा गरेका भए पनि विश्व अर्थतन्त्रमा नै ठूलो नोक्सान र आणविक युद्धको डर पैदा भएको विषय निकालेका छन् ।

वाशिंगटन पोस्टले अमेरिकी अधिकारीहरूले आफ्ना युक्रेनी समकक्षहरूसँग आफ्नो एक विश्लेषण साझा गर्दै पुटिन अहिले वार्ताका लागि गम्भीर नभए पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उनीसँग वार्तामा प्रतिबन्ध लगाएको विषयले युरोप, अफ्रिका र ल्याटिन अमेरिकाका केही भागहरूमा चिन्ता उत्पन्न भएको कुरासमेत निकालेका छन् ।

'युक्रेनको थकान हाम्रा केही साझेदारहरूको लागि वास्तविक विषय हो,' वाशिंगटन पोस्टले एक अज्ञात अमेरिकी अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ। 

यो विषय सत्य हो कि भनेर सोध्दा ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषदले तत्काल कुनै टिप्पणी नगरेको पोस्टले जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ताले भने अमेरिकाले पहिले पनि र फेरि पनि कार्यहरू शब्दहरू भन्दा चर्को बाल्नेछन् भन्दै रूस वार्ताका लागि तयार हुन उसले आफ्नो बम र मिसाइल बन्द गर्नुपर्ने र युक्रेनबाट आफ्नो सेना फिर्ता लैजानु पर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ