arrow

आदिपुरुषको रिलिज सर्‍यो, थप १०० करोड खर्च गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
prabash-aadhipurush.jpg

काठमाडौं । भारतीय अभिनेता प्रभासको मेगा बजेट फिल्म ‘आदिपुरुष’ को रिलिज रिलिज स्थगित भएको छ । चलचित्रका निर्देशक ओम राउतले सामाजिक सञ्जालमा ‘आदिपुरुष’ को रिलिज स्थगित भएको जानकारी दिएका छन् । 

सन् २०२३ को माघे सङ्क्रान्तिमा रिलिज हुने फिल्म २०२३ को जुन १६ मा सिनेमा घरमा रिलिज हुने भएको छ । आदिपुरुषको रिलिज मिति घोषणा गर्दै ओम राउतले लेखेका छन्-जय श्री राम... आदिपुरुष हाम्रो लागि फिल्म होइन, भगवान् श्री रामप्रतिको हाम्रो भक्ति र हाम्रो संस्कृति र इतिहासप्रतिको प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ। आदिपुरुष निर्माणमा संलग्न व्यक्तिहरूले दर्शकलाई अद्भुत अनुभव दिन अलिकति समय दिनु पर्ने देखिन्छ । आदिपुरुष अब १६ जुन २०२३ मा रिलिज हुनेछ। हामी भारतलाई गर्व गर्ने फिल्म बनाउन प्रतिबद्ध छौं। तपाईँको साथ, माया र आशीर्वादले हामीलाई आवश्यक छ । 

फिल्मका निर्माताहरू यसको भीएफएक्स सँग सन्तुष्ट छैनन्। फिल्मको टिजर रिलिजसँगै सामाजिक सञ्जालमा निकै ट्रोल भएको थियो । योसँगै निर्माताले रिलिज मिति बढाएर थप काम गर्न भनेका छन् । भारतीइ सञ्चारमाध्यमका अनुसार फिल्मका निर्माता भूषण कुमारले सम्पादन टोलीलाई सबै दृश्यहरू पुनः काम गर्न भनेका छन्। ओम राउतले पनि आफ्नो पोस्टमा टिमलाई थप समय दिन चाहेको लेखेका छन् ।

प्रभास, कृति सेन मुख्य भूमिका रहेको फिल्म आदिपुरुषका निर्माताले फिल्ममा पुनः काम गर्न करिब ८० देखि १०० करोड रुपैयाँ खर्च गर्न सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ