- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन आइतबार मध्यरातमा नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन भएको छ ।
प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार साँझ सो नृत्य प्रदर्शन गरी यो वर्षको नृत्यसमापन भाएको हो ।
भगवान् विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हदको कथामा आधारित नृत्य प्रदर्शन गरिने कात्तिक नाचसंरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए ।
सो नाटकमार्फत अरूलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको अध्यक्ष चित्रकार बताउँछन् ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको शुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विघ्नबाधा हटी शान्ति र सुव्यवस्था कायम रहने विश्वास छ।