arrow

नेपाली लेखक संघ गण्डकीमा ईश्वरमणि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
nepali lekhak sang.jpg

पोखरा । नेपाली लेखक संघ गण्डकी प्रदेश समितिको अध्यक्षमा डा. ईश्वरमणि अधिकारी निर्वाचित भएका छन् । संघको प्रथम अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । 

संघको उपाध्यक्षमा निरु केसी र पशुपति घिमिरे, महासचिवमा सञ्जीवबाबु पौडेल, सचिवमा रमेशचन्द्र घिमिरे र कोषाध्यक्षमा दीपक समीप निर्वाचित भए । 

सदस्यहरूमा लक्ष्मण थापा, अमृत क्षेत्री, भाइकृष्ण सुनार, रामपुजन ठाकुर, माया अधिकारी, सीता शर्मा, टीका सापकोटा, भरत पोखरेल र शुकदेवी गौचन छन् ।

निर्वाचित गण्डकी प्रदेश समितिको पहिलो बैठकले सचिवालयसमेत गठन गरेको छ । सचिवालयमा निर्वाचित अध्यक्ष, उपाध्यक्ष, महासचिव, रमेशचन्द्र घिमिरे, कोषाध्यक्ष र सदस्यद्वय लक्ष्मण थापा र अमृत क्षेत्री रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष डा. अधिकारीले आउँदा दिनमा संस्थाको गरिमा र मर्यादालाई कायम राख्दै गण्डकी प्रदेश समितिलाई सशक्त बनाएर लैजाने प्रण गरेका छन् ।

नेपाली लेखक संघको इतिहासमै प्रदेशको छुट्टै अधिवेशन यो पहिलो हो । यसअघि प्रदेशका उपाध्यक्षहरू केन्दीय उपाध्यक्षका रूपमै निर्वाचित हुने विधानमा व्यवस्था थियो । 

२०७८ साल चैत्रमा भएको संघको केन्द्रीय महाधिवेशनबाट विधानमा प्रदेश अध्यक्षको व्यवस्था शुरु भएको हो ।

नेपाली लेखक संघको सातवटा प्रदेशमध्ये गण्डकी प्रदेशको मात्र नेतृत्व चयन सम्पन्न भएको छ भने बाँकीमा अधिवेशनको तयारी भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ