arrow

भगवानको नेतृत्वमा कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
kathmandu-panauti-congress-samiti.jpg

काठमाडौं  । पनौती–३ का भगवान केसीको सभापतित्वमा नेपाली कांग्रेसको पनौती–काठमाडौं सम्पर्क समिति पुनर्गठन गरिएको छ । काठमाडौंमा भएको भेलाले केसीको सभापतित्वमा समिति पुनर्गठन भएको हो । 

उपसभापतिमा बालकृष्ण हुमागाई र राजु श्रेष्ठ, सचिवमा रुपक लामिछाने र डालिया सापकोटा, सहसचिव राहुल श्रेष्ठ र कोषाध्यक्षमा उमेशराज न्यौपाने छन् । सदस्यहरुमा ज्ञानेन्द्र श्रेष्ठ, उद्धव सिं थापा, डा रामनारायण श्रेष्ठ, अञ्जन केसी, गणेश आचार्य, विनोद सापकोटा, सुनिल दुवाल, सुमन लामिछाने, कुमार आचार्य, मञ्जु वञ्जारा, सन्देश हुमागाई, रवि तामाङ छन् । 

कार्यक्रमको उद्धघाटन गर्दै कांग्रेस जिल्ला सभापति एवं प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) का उम्मेदवार तिर्थ लामाले संविधान भत्काउने र बचाउनेबीचको लडाई भएकोले संविधानको रक्षा, विकास र समृद्धिको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई विजयी गराउन अनुरोध गरे । 

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, कोषाध्यक्ष जगन्नाथ गिरी, प्रतिनिधी सभा क्षेत्र नं २ का सभापति महेश खरेल, प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, कांग्रेस नेता प्रकाश थापा, पनौती नगर सभापति रामशरण भण्डारी, सम्पर्क समितिका सभापति विदुर हुमागाई, रिम हुमागाई लगायतले लोकतान्त्रिक–बाम गठबन्धनको विजय गराउनुपर्ने भएकोले सबै जना परिचालित हुन अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ