arrow

आफूलाई वशमा गर्ने प्राणी

logo
बुद्ध
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
buddha-squral-story.JPG

एक समयको कुरा हो। गौतम बुद्ध शहरमा बसेका थिए । उनीसँग केही शिष्यहरू पनि थिए। एक दिन उनका शिष्यहरू शहरमा घुम्न गए, त्यस शहरका मानिसहरूले उनीलाई धेरै नराम्रो व्यवहार गरे । शिष्यहरूलाई धेरै नराम्रो लाग्यो र फर्किए।

गौतम बुद्धले आफ्ना सबै शिष्यहरू अत्यन्तै क्रोधित भएको देखेर सोधे - 'के कुरा हो, तिमिहरू सबै किन यति तनावमा देखिन्छौ।' त्यसपछि एक जना शिष्य रिसाउँदै भने, 'हामी यहाँबाट तुरुन्तै जानुपर्छ । शहरमा घुम्न निस्कँदा यहाँका मानिसहरूले बिना कारण हामीलाई निकै नराम्रो भने । जहाँ हाम्रो इज्जत हुँदैन, त्यहाँ एक क्षण पनि बस्नु हुँदैन। यहाँका मानिसहरूलाई दुर्व्यवहार बाहेक केही थाहा छैन।'

गौतम बुद्धले मुस्कुराउदै भने - 'के अन्य कुनै ठाउँमा राम्रो व्यवहारको अपेक्षा राख्छौ?' दोस्रो शिष्यले भने- 'यस शहर भन्दा त राम्रा मानिस नै होलान्।'

तब गौतम बुद्धले भने- 'कुनै पनि ठाउँ त्यहाँका मानिसहरूले दुर्व्यवहार गरे भनेर छोड्नु गलत हुनेछ। हामी सन्त हौँ। हामी जहाँ गए पनि केही गर्नुपर्छ। त्यहाँका मानिसहरूलाई आफ्नो भलाइले सुधार नगरेसम्म त्यो ठाउँ छोड्नुहुँदैन। हामी जहाँ जान्छौँ, त्यहाँका मानिसको भलाइ गरेर मात्र फर्कन्छौँ। हाम्रो असल आचरण पछि उसले कहिलेसम्म नराम्रो व्यवहार गर्छ ? अन्ततः उनीहरूलाई सुधार्नै पर्छ। वास्तवमा सन्तहरूको काम यस्ता मानिसहरूलाई सुधार्ने नै हो। सही चुनौती भनेको जब हामी प्रतिकूलताको सामना गर्दै आफूलाई प्रमाणित गर्न सक्छौँ।'

यी सबै कुरा सुनेर बुद्धका प्रिय शिष्य आनन्दले सोधे - 'उत्तम व्यक्ति कसलाई भनिन्छ?' त्यसको जवाफमा बुद्धले भने-'जसरी युद्धमा बढ्दै गरेको हात्ती चारैतिरबाट बाण खाएर पनि अगाडि बढिरहन्छ, त्यसरी नै श्रेष्ठ पुरुषले अरूको निन्दा सहेर पनि आफ्नो काम गरिरहन्छ । आफूलाई वशमा गर्ने प्राणी भन्दा उत्तम कोही हुन सक्दैन।' 

शिष्यहरूले गौतम बुद्धको कुरा राम्ररी बुझे र त्यहाँबाट जाने मनसाय त्यागे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ