arrow

राज्यको पैसा राज्य कै लागि खर्च गर्ने चाणक्य भन्छन्- त्याग्दछन् रैतीले पराजित राजालाई

logo
चाणक्य
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
chanakya01.jpeg

काठमाडौं ।  आफ्नो बुद्धि र नीतिको बलमा नन्द राजवंशको विनाश गरेर बालक चन्द्र गुप्तलाई एक शासकको रूपमा स्थापित गरेका थिए आचार्य चाणक्यले । उनी राज्यको प्रधानमन्त्री बने । 

चाणक्यका सम्बन्धमा एउटा यस्तो प्रसिद्ध भनाइ छ "एक जना विदेशी यात्री समय मिलाएर प्रधानमन्त्री चाणक्यलाई भेट्न गए छन् । साँझको समय थियो । चाणक्य आफ्नो कुटीमा टुकी बालेर केही लेख्दै थिए । यात्री आएको थाहा पाएर झटपट उनको स्वागत गरेर आसनमा बसाले। त्यसपछि कागज, कलम, मसी एकातिर पन्छाएर नयाँ टुकी बालेर अघि बलिरहेको टुकी निभाए । 

'एउटा टुकी निभाएर त्यस्तै अर्को टुकी बाल्नुको मतलब के हो ?' भनेर यात्रुले सोधेछन् । चाणक्यले भनेछन्- अघि म राज्यको काम गर्दै थिएँ, त्यो टुकीमा राज्यको पैसाबाट किनेको तेल छ । अब अहिले म तपाईँसँग व्यक्तिगत कुराकानी गर्दै छु र यो टुकीमा मैले राज्यबाट पाउने तलबको पैसाले किनेको तेल हालेको छु । फरक यत्ति हो, नत्र टुकीमा केही फरक छैन र उज्यालो पनि उत्तिकै हो ।' 

चाणक्यले त्यसपछि यात्रीलाई आगमनको उद्देश्य सोध्दा यात्रीले भनेछन् -'तपाईँको भनाइ र यत्तिकै कुराकानीबाट मौर्यसाम्राज्य कसरी चलेको रहेछ भने कुरा मैले बुझेँ म तृप्त भएँ, अब मलाई अरू कुरा बुझ्नको केही आवश्यक रहेन । यति भन्दै यात्री बिदा भएछन् ।

चाणक्यले आफ्नो नीति शास्त्रमा कस्ताले कस्तालाई त्याग्दछन् भनेर व्याख्या गरेका छन् । 

निर्धनं पुरुषं वेश्या प्रजा भग्नं नृपं त्यजेत् ॥
खगा वीतफलं वृक्षं भुक्त्वा ह्यभ्यागता गृहम् ॥१९॥

त्याग्छन् पैसा छैन ता कामिनीले, निर्-उद्योगी भूप त्याग्छन् प्रजाले,  त्याग्छन् रित्ता वृक्षलाई चराले,  खाई त्याग्छन् त्यो घरै पाहुनाले । मित्रै त्याग्छन् स्वार्थी- कृतघ्नि जनले। वेश्याले धनहीन मनुष्यलाई, रैतीले पराजित राजालाई, फलादित वृक्षलाई पक्षीले र भोजन गरिसकेपछि पाहुनाले घरको त्याग गर्दछन् ।

गृहीत्वा दक्षिणां विप्रास्त्यजन्ति यजमानकम् ।
प्राप्तविद्या गुरुं शिष्या दग्धारण्य मृगास्तथा ।।२०।

विप्रले दक्षिणा पाई यजमानलाई त्याग्दछन् । विद्यार्थीले पढी सकी गुरुलाई त्याग्छन् ।  मृगादिहरुले त्याग्छन् डढेका निरसी त वन । गृह नै त्याग्दछन् प्रौढ वैरागी ज्ञानी जो त छन् । ब्राह्मणले दक्षिणा पाएपछि यजमानलाई त्याग्छन् । शिष्यले विद्या प्राप्त गरेपछि गुरुलाई त्याग्छन् र डढेलो लागेको वनलाई मृगहरूले त्याग्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ