arrow

पुटिनले फेरि गरे भारतको प्रशंसा

logo
एजेन्सी,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
putin-kazakhstan-2022.jpeg
फाइल तस्बिर

मास्को। रुसका राष्ट्रपति ब्लादिमीर पुटिनले एकपल्ट फेरि भारत र भारतीयहरूको प्रशंसा गरेका छन्। उनले भारतमा निकै सम्भावना रहेको र विकासको मार्गमा उत्कृष्ट परिणाम प्राप्त गर्ने बताए । यसमा कुनै सन्देह नरहेको पनि उनले भनेका छन्।

रुसी राष्ट्रपतिले रुसको एकता दिवसमा भारतको क्षमताहरूको उल्लेख गर्दै प्रशंसा गरे। पुटिनले भने, लगभग डेढ अरब जनता भारतको सबैभन्दा ठूलो सम्भावना हो। त्यहाँ पनि प्रतिभाशाली मानिसहरूको ठूलो जमात छ। पुटिनले अफ्रिकामा उपनिवेशवाद, भारतको क्षमता र रुसको अद्वितीय सभ्यता तथा संस्कृतिबारे कुरा गरेका थिए ।

पुटिनले पहिलोपल्ट भारतको प्रशंसा गरेको होइन। केही दिन अघि पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई साँचो देशभक्त बताएका थिए। पुटिनले भारतको सदैव स्वतन्त्र विदेश नीति रहेको र रुससँग सदैव विशेष सम्बन्ध रहेको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ