arrow

बेलबारी गोल्डकपको उपाधि एपीएफलाई

logo
विवेक मिश्र,
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
belbari-gold-cup-football-apf.jpg

मोरङ । मोरङको लक्ष्मीमार्गमा सम्पन्न पाँचौं संस्करणको बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ । बुधबार भएको फाइनलमा राजारानी धनकुटालाई १–० ले पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो । 

खेलको ४८ औं मिनेटमा हरि कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो । पहिलो हाफ गोलरहित बराबरी खेलेको राजारानीले दोस्रो हाफमा गोल खान पुग्यो ।

खेलको म्यान अफ द म्याच गोलकर्ता हरि कार्की घोषित भए भने बेष्ट गोल किपर एपीएफका गोलरक्षक राजु नगरकोटी घोषित भए । 

खेलको वेष्ट डिफ्रेन्स पिटर सैगुन, बेष्ट मिडफिल्डर मनि लामा एपीएफ, बेष्ट स्टाइकर बुद्घ चेम्जोङ राजारानी, बेष्ट कोच सुदिप श्रेष्ट सशस्त्र, राइजिङ प्लेयर कासिम राई आयोजक डाँगीहाट, हाइ स्कोर फोडे फोफोना सहलेस सिराहा, सर्वोकृष्ट खेलाडी टोपबहादुर विष्ट सशस्त्र घोषित भए ।

 प्रतियोगिताको विजेताले ८ लाख १ हजार तथा उपविजेता राजारानी क्लव धनकुटाले नगद ४ लाख १ हजार  पुरस्कार प्राप्त गर्यो । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५–१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

म्यान अफ द म्याचले ५ हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ