- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आलिया भट्ट मुम्बईको एचएन रिलायन्स अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छन् ।
आलियाले नोभेम्बर ६ मा छोरीलाई जन्म दिइन् । छोरीको जन्म भएको ५ दिनपछि आलिया आज डिस्चार्ज भएकी हुन् ।
आज बिहान रणवीर कपुर र आलिया आफ्नो छोरीलाई लिएर कपुर परिवार पुगेका छन् । यसैबीच, कपूर परिवारमा छोरीको स्वागतको लागि तयारी पूरा भएको छ।
रणवीर र आलियाको कार अस्पतालबाट निस्किएको केही तस्बिर र भिडियो सार्वजनिक भएको छ । यस क्रममा रणवीर आफ्नी छोरीलाई आफ्नो कालो रेन्ज रोभर कारमा बोकेर बसेका थिए ।