arrow

साइबर अपराध विरुद्ध क्वाड समूहको एकजुटता

logo
एजेन्सी,
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
cyber-security-quad-emerging-technology-2022.jpg
फाइल तस्बिर

काठमाडौँ। साइबर अपराध रोक्न क्वाड देशहरूले एकजुटता देखाएका छन्। अब यी देशहरूले कारबाहीमा एक अर्कालाई सहायता गर्नेछन्। साइबर अपराधलाई चुनौती दिन भारत, अस्ट्रेलिया, जापान र अमेरिका एक साथ यस विरुद्ध लड्ने छन्। भारत, अस्ट्रेलिया, जापान र अमेरिकासहित चार देशको एउटा सङ्गठनलाई क्वाड भनिन्छ।

यस सम्बन्धमा उक्त चार देशका विदेश मन्त्रीहरूले संयुक्त बयान जारी गरेका छन्। अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, भारतका विदेश मन्त्री एस जयशंकर, जापानका विदेश मन्त्री हयाशी योशिमासा र अमेरिकाका विदेश मन्त्री टोनी ब्लिंकनले न्यूयर्कमा संयुक्त राष्ट्र महासभा सत्रपछि भेट गरे र क्वाड देशले साइबर अपराध विरुद्ध कदम उठाउने आह्वान गरे।

संयुक्त बयानमा भनिएको छ, हामी दुर्भावनापूर्ण साइबर गतिविधिको सामना गर्न एक अर्कालाई मद्दत गर्ने जिम्मेवारी लिन्छौँ। संयुक्त बयानमा यसलाई कल टू एक्सन बताइएको छ। विदेश मन्त्रीहरूले भने, क्वाड देश एउटा खुल्ला, सुरक्षित, स्थिर, सुलभ र शान्तिपूर्ण साइबर स्पेसको निम्ति प्रतिबद्ध छ। इण्डो-पेसिफिक देशहरूका साइबर क्षमताहरू बढाउनका लागि केन्द्रित पहलले क्षेत्रीय साइबर इन्फ्रास्ट्रक्चरको सुरक्षा र लचिलोपन सुनिश्चित गर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ