- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संसारको सबैभन्दा खोजिने र सबैभन्दा धेरै कमाउने अभिनेताहरू मध्ये एक लियोनार्डो डिक्याप्रियोको आज ४८ औं जन्मदिन परेको छ ।
१९८० को दशकको अन्तमा आफ्नो करियर सुरु गरेपछि उनले टाइटानिक, शटर आइल्याण्ड, रिभोलुसनरी रोड, इनसेप्शन, र वन्स अपन अ टाइम इन हलिउड जस्ता सफल चलचित्रहरूमा अभिनय गरेका छन्।
उनले चलचित्र ‘दि रेभेनान्ट’ बाट उत्कृष्ट अभिनेताको ओस्कर जिति सकेका छन् । सन् १९९४ मा हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो १९ वर्षको छँदा ‘ह्वाट्स इटिङ गिल्बर्ट ग्रेप’बाट उत्कृष्ट अभिनेताका लागि ओस्कार मनोनयनमा परेका थिए ।
लियोनार्दो अब किलर अफ द फलावर मुन , द वागर, जिम जोन्स, जस्ता फिल्महरू रिलिज हुन बाँकी छन् ।
लियोनार्दोका सम्झनलायक केहि चलचित्ररु
१. दि रेभेनान्ट
छैठौं पटकमा ‘द रेभेनेन्ट’ बाट उनले पहिलोपटक ओस्कार अवार्ड चुमे । 'टाइटेनिक' का चकलेटी हीरोवाट ‘रेभेनेन्ट’को शिकारी सम्मको भुमिका लियोनार्डो फिल्मि यात्रा इतिहासमै सफल छ ।
२. द वुल्फ अफ वाल स्ट्रीट
सन् २०१३ मा रिलिज भएको चलचित्र वाल स्ट्रीटको एक बद्मास शेयर ब्रोकरको भुमिका निर्वाह गरेर लियोनार्दोको अभिनय साचै सम्झन लायकको छ । चलचित्रमा नकारात्मक भुमिका जसमा लियोनार्दो नशाका अमलीका र मान्छेलाई मुर्ख बनाएर पैसा कमाउने अभियानमारुपमा छन् । समसामयिक विषयमा बनेको यस चलचित्रले निकै राम्रो कमाई गरेको थियो । सन् २०१४ मा नोमिनेशन मा परेका लियोनार्दोले खाली हात चित्त बुझाउनु परेको थियो ।
३. इनशेप्शन
सन् २०१० मा रिलिज क्रिस्टोफर नोलानको यस चलचित्रमा लियोनार्दोले सपनालाई पछ्याउदै चोरी गर्ने भुमिका निर्वाह गरेका छन् । सपनाको तिन भागको कथा चाखलाग्दो रहेको छ । यस चलचित्रले अवार्ड पायो तर लियोनार्दोले भने नामै मात्र ।
४. ब्लड डायमण्ड
सन् २००६ मा रिलिज भएको चलचित्रमा लियोनार्दोले हिराको तस्करको भुमिका देखिएका छन् । एउटा गोरो सिपाही जो कालो जातीका मानिससँग मिलेर हिरा निकाल्छ र बिक्री गर्छ । अन्त्यमा उसको मृत्यु हुन्छ ।ब्लड डायमण्डमा पनि लियोनार्डो अस्कर अवार्डमा मनोनयनमा परेका थिए तर अवार्ड पाएनन् ।
५ .द एभिएटर
सन् २००४ मा रिलिज भएको फिल्म द एभिएटर समसामयिक कथामा आधारित रहेको छ । यस फिल्ममा लियोनार्दो मुख्य भुमिकामा छन् । उनी यस चलचित्रमा उद्योगपतिको भुमिकामा छन् जसले उद्योग स्थापना गर्न सफल त हुन्छन् तर अन्तमा पागलपनको शिकार । एक ब्यक्ति जसले उघोग बदल्नेको श्रेय जान्छ । मुख्य अभिनेताको मनोनयनमा परेका लियोनार्दोले ओस्कार भने पाउन सकेनन् ।
६. ग्याङ अफ न्यूयोर्क
सन् २००२ मा रिलिज भएको चलचित्र अमेरिकाको ग्याङ वारमा आधारित रहेको छ । यस फिल्ममा लियोनार्दोर्को भुमिका छोटो र प्रभावकारी थियो । चलचित्र सुपरहिट भयो। यस चलचित्र १० विधामा अस्कर अवार्डमा मनोनयनमा पनि परे पनि लियोनार्दोले खाली हातमै चित्त बुझाए । चलचित्रले वेष्ट फिल्मको अवार्ड पाएको थियो ।
७. टाइटैनिक
सन् १९१२ मा इंग्ल्याण्डको साउथ ह्म्पटनवाट अमेरिका जाँदै गरेको जहाज दुर्घटनाको कथालाई निर्देशक जेम्स क्यामरुनले पर्दामा उतारे । जुन चलचित्रमा लियोनार्दो र केट वीन्सलेटले अभिनय गरेका छन् । केटले सोही पात्रवाट ओस्कर अवार्ड पाइन् । ‘टाइटनिक’ले अरु १० विधामा अवार्ड पायो भने लियोनार्दो अवार्ड विहिन रहे ।