arrow

तनावबीच सी र बाइडेन भेट्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
xi-jinping-joe-biden.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले अर्को हप्ता हुने प्रमुख २० अर्थतन्त्रहरुको समूह (जी-२०)को शिखर सम्मेलनकाबीच चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेट्ने भएका छन् ।

२०२१ मा बाइडेनले कार्यकाल सम्हालेपछि पहिलो पटक दुवै नेताबीच आमनेसामने वार्ता हुने ह्वाइट हाउसले घोषणा गरेको हो । बिहीबार एक विज्ञप्तिमा ह्वाइट हाउसले बाइडेनले नोभेम्बर १४ मा इन्डोनेसियाको बालीमा सीसँग भेटमा बढ्दो तनावको समयमा दुई देशबीच 'सञ्चार लाइनहरू कायम राख्न र गहिरो बनाउने प्रयासहरू' बारे कुरा गर्ने जनाएको छ ।

दुवै नेताबीच 'प्रतिस्पर्धालाई कसरी जिम्मेवारीपूर्वक व्यवस्थापन गर्ने' र 'दुवैको चासो मिल्ने ठाउँ जस्तै अन्तर्राष्ट्रिय समुदायलाई असर गर्ने अन्तर्राष्ट्रिय चुनौतीहरूमा सँगै कसरी काम गर्ने' भन्नेबारे पनि छलफल गर्ने विज्ञप्तिमा भनिएको छ ।

व्यापार नीति, रुसको युक्रेनमाथिको आक्रमण र ताइवानप्रति चीनको दृष्टिकोण जस्ता विषयलाई लिएर अमेरिका र चिनियाँ सरकारबीच बढ्दो असन्तुष्टिको बीचमा दुवै देशका राष्ट्र प्रमुखबीच भेटवार्ता हुन लागेको हो ।

दुवै नेताबीचको वार्तामा ताइवान शीर्ष एजेन्डामा रहने ठानिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ