कुमारी बैङ्क र द हिमालयन गृल बाइ बाजेको बीच सम्झौता
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
1.3k
Shares
काठमाडौँ। कुमारी बैङ्क लिमिटेड र काठमाडौँ वडा न १०, टोखा स्थित “द हिमालयन गृल बाइ बाजेको” बीच आफ्ना ग्राहकलाई सेवाहरूमा, कुमारी बैङ्कका डेबिट-क्रेडिट कार्ड वा क्युआर मार्फत भुक्तानी गर्दा, विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। द हिमालयन गृल बाइ बाजेकोको तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र कुमारी बैङ्क लिमिटेडको तर्फबाट रिटेल बैंकिङ प्रमुख अञ्जना मिश्रले हस्ताक्षर गरेका छन्।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैङ्कले यस सहकार्य गरेको हो।
यस सहकार्य पश्चात् कुमारी बैङ्कका डेबिट-क्रेडिट कार्ड वाहकहरू वा क्युआर प्रयोगकर्ताहरूले “द हिमालयन गृल बाइ बाजेको”को टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।
कुमारी बैङ्कले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैङ्किङ इकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू दिँदै आएको र आगामी दिनहरूमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ।