arrow

जिम गर्दागर्दै बिते अभिनेता सिद्धान्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
shiddhantha--bir-suryabanshi-actor.jpg

मुम्बई । भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’लगायतका अभिनेता सिद्धान्तवीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउट गरिरहँदा हृदयघात भएको थियो ।

उनलाई तुरुन्तै अस्पताल पुर्याइए पनि डाक्टरको टिमले करिब ४५ मिनेट उपचार गरेपछि उनको निधनको घोषणा गरेका थिए ।

सिद्धान्त पछिल्लोपटक ‘जिद्दी दिल माने ना’ शोमा देखिएका थिए । सिद्धान्त फिटनेसका सौखिन थिए । सामाजिक सञ्जालमा उनी प्रायः जिम वर्कआउटको भिडियो सेयर गरेर फ्यानलाई प्रोत्साहन गरिरहन्थे ।

सिद्धान्तले सन् २०१७ मा मोडल तथा फेसन कोरियोग्राफर अलिसिया राउतसँग विवाह गरेका थिए । उनका दुई सन्तान छन् । यो उनको दोस्रो विवाह हो । यसअघि उनले ईरा सूर्यवंशीसँग सन् २००० मा विवाह गरेका थिए । तर उनीहरूले सन् २०१५ मै वैवाहिक सम्बन्ध टुंग्याएका थिए ।

जिम वर्कआउटका क्रममा हृदयघात भएका सिद्धान्त तेस्रो कलाकार हुन् । यसअघि कमेडियन राजु श्रीवास्तव र ‘भाभीजी घर पर हे’का अभिनेता दीपेश भानको पनि वर्कआउटकै क्रममा निधन भएको थियो । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ