- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शहरमा रहेको अव्यवस्थित तारहरु व्यवस्थापन गर्ने कार्य अन्तर्गत आज पुतलीसडक प्लाजा, सिंहदरबार क्षेत्र र माइतीघर मण्डला क्षेत्रमा काम भइरहेको छ ।
विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनी, महानगरपालिका, ट्राफिक प्रहरी र नेपाल टेलिकम प्राधिकरणको सहयोग र सहकार्यमा सो काम संचालन भएको इन्टरनेट सेवा प्रदायक संघ नेपालका सीईओ सुभास खड्काले बताए ।
यसअघि टोखा नगरपालिका, पर्यटकीय क्षेत्र ठमेल, न्यूरोडलगायत क्षेत्रकोे तार व्यवस्थापन गरिसेको उनले बताए । सरकारले तारलाई अन्डरग्राउण्ड गर्ने भनेको वर्षौं भइसकेको छ । अहिलेसम्म पोलमै व्यवस्थापन गर्दा वर्षौं बितेको छ ।