arrow

राजीव गान्धी हत्याकाण्डका ६ जना छुटे, कंग्रेसलाई स्वीकार्य नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
rajiv-gandhi.jpg

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई शनिवार रिहा गरिएको छ । सर्वोच्च अदालतले राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको थियो । रिहा हुनेमा नलिनी श्रीहरन, उनका पति वी श्रीहरन बाहेक सन्थान, रोबर्ट पायस, जयकुमार र रविचन्द्रन समावेश छन्। उनीहरूमध्ये श्रीहरन र सन्थान श्रीलङ्काका नागरिक हुन् ।

यस मुद्दामा पेरारिवलन  पहिले नै रिहा भइसकेका छन्। पेरारिवलनलाई जेलमा राम्रो व्यवहार गरेको भन्दै सर्वोच्च अदालतले मे १८ मा रिहा गर्न आदेश दिएको थियो । 

२१ मे १९९१ मा तमिलनाडुमा चुनावी र्‍यालीमा आत्मघाती हमलामा राजीव गान्धीको हत्या भएको थियो। राजीव गान्धीको तमिलनाडुको श्रीपेरुम्बदुरमा चुनावी र्‍यालीमा धनु नाम गरेकी महिलाले हत्या गरेकी थिइन्।  राजीव र आक्रमणकारी  धनु (तेनमोजी राजरत्नम)सहित १६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ जना गम्भीर घाइते भएका थिए ।

यस मुद्दामा कुल ४१ जनालाई अभियुक्त बनाइएको थियो । १२ जनाको मृत्यु भएको थियो भने तीन जना भागेका थिए। बाँकी २६ जना पक्राउ परेका थिए । त्यसमा श्रीलङ्का र भारतीय नागरिक थिए । फरार अभियुक्तहरू प्रभाकरण, पोट्टु ओम्मान र डकिला थिए । आरोपितलाई आतङ्कवादी सम्बन्धी गतिविधि हेर्ने टाडा कानून अन्तर्गत कारबाही गरिएको थियो। सात वर्षको कानुनी कारबाहीपछि २८ जनवरी १९९८ मा टाडा अदालतले हजार पृष्ठको फैसला सुनायो। यसमा सबै २६ अभियुक्तलाई मृत्युदण्ड दिइएको थियो ।

त्यसको एक वर्षपछि सर्वोच्च अदालतको तीन न्यायाधीशको इजलासले यो सम्पूर्ण फैसलालाई उल्टाएको थियो । सर्वोच्च अदालतले २६ मध्ये १९ जनालाई सफाइ दिएको छ । ७ जना दोषीलाई मात्रै मृत्युदण्ड दिइएको थियो । पछि जन्मकैदमा परिणत भयो ।

यता राजीव गान्धी हत्याका दोषीको रिहाइमा कंग्रेसले स्वीकार्य नहुने बताएको छ । कंग्रेस महासचिव जयराम रमेशले भने– सर्वोच्च अदालतले फैसला सुनाउँदा देशको भावनालाई ध्यानमा राखेको छैन । फैसला त्रुटिले भरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ