arrow

विश्वकप टी–२० क्रिकेटको उपाधि इङ्गल्याण्डले जित्यो  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
england-t20-2022-winner.jpg

काठमाडौं । अष्ट्रेलियामा सम्पन्न टी–२० विश्वकपको उपाधि इङ्गल्याण्डले जितेको छ । मेलबर्न क्रिकेट मैदानमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्गल्याण्डले उपाधि जितेको हो ।

फाइनलमा इङ्गल्याण्डले कसिलो बलिङ गरेपछि पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनाएपछि इङ्गल्याण्डले १३७ रनको लक्ष्य पाएको थियो ।

८० हजार ४६२ दर्शकमाझ भएको फाइनल खेलको जवाफमा औसत शुरुआत गरेको इङ्गल्याण्डले एक ओभर बाँकी रहँदै पाँच विकेट गुमाएर निर्धारित लक्ष्य पूरा गरेको हो ।

सेमिफाइनलमा पाकिस्तानले न्यूजिल्याण्डलाई तथा इङ्गल्याण्डले भारतलाई हराएको थियो । 

पाकिस्तानले तीन पटक फाइनल खेलेको छ । तर उपाधि सन् २००९ मात्र जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ