- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । फिल्म हेराफेरी ३ यतिबेला निकै चर्चामा छ । फिल्ममा अब अक्षय कुमारको स्थानमा कार्तिक आर्यन देखिने लगभग पक्का भइसकेको छ । फिल्मको दुई भागमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले निकै रुचाएका थिए । हालै परेशले ट्विट गर्दै हेराफेरीको तेस्रो भागमा कार्तिक आर्यन फाइनल भएको जानकारी दिएका छन् ।
फिल्मको स्क्रिप्टका कारण अक्षयले फिल्म छाडेको खबर आए । एक अन्तर्वार्तामा अक्षयले हेराफेरी ३ को कथा मन नपरेको , कथा र संवादबाट आफू सन्तुष्ट नभएका कारण फिल्म अस्वीकार गरेको बताएका छन् । तर ट्रेड पण्डितको भने फरक धारणा छ । उनका अनुसार निर्माताहरूले अक्षयले मागेको शुल्क तिर्न नसकेपछि फिल्मबाट बाहिर निस्केका हुन् । अक्षयले फिल्मका लागि ८० करोड मागेको बताइन्छ । त्यसैले फिल्मको मुख्य कलाकारमा पनि परिवर्तन भएको छ । यद्यपि निर्माताहरुले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेका छैनन् ।
बलिउड ट्रेड एनालिस्टका अनुसार कोभिड पछि स्थिति बदलिएको छ। अहिले बक्स अफिसमा आफ्नो फिल्मको कलेक्सन राम्रो नभएकाले स्टारलाई चर्को पारिश्रमिक तिरेर ठूला बजेटका फिल्म बनाउने निर्माताहरूले सेका छैनन् । अक्षय कुमारले हरेक फिल्मका लागि ८० करोड पारिश्रमिक लिने कुरा वर्षौंदेखि स्पष्ट पार्दै आएका छन् ।
कोभिड पहिले नाफा हुन्थ्यो तर अहिले समय फेरिएको छ । अक्षयका पछिल्ला केही फिल्महरूले निकै खराब प्रदर्शन गरेका छन्, त्यसैले निर्माताहरू वर्तमान परिस्थितिमा उनीबाट शुल्कमा परिवर्तन चाहन्छन्। अक्षयले आफ्नो अनुभव, कद र ब्रान्डको आधारमा यसलाई परिवर्तन गर्ने चाहेनन् । फलस्वरूप बलिउडमा हेराफेरी ३ जस्ता अवस्था सिर्जना भइरहेको छ ।
हेराफेरी ३ मा अक्षय कुमारको सट्टा ३५ देखि ४० करोडसम्म लिने कार्तिक आर्यनलाई कास्ट गर्ने चाहेका छन् । हालैको फिल्म भूल भुलैया २ ले २६० करोडभन्दा बढीको व्यापार गरेको थियो ।यस्तो अवस्थामा निर्माताहरुले उनलाई सट्टे बाजी गरिरहेका छन् ।
दर्शकले भने हेराफेरी ३ मा अक्षयलाई हेर्न चाहेका छन् ।