arrow

यूएईलाई हराउन नेपालले दुई सय ६४ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
nepal-uae-2022-11-14.jpg

काठमाडौं । पाहुना टोली युनाइटेड अरब इमिरेट्स यूएई विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले जितका लागि दुई ६४ रनको चुनौती पछ्याउँदै छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै यूएईलाई २६३ रनमा रोकेको हो । 

यूएईले ७ विकेटको क्षतिमा उक्त योगफल बनाएको हो । रोहन मुस्तफाले ५३ रन बनाएको इनिङ्समा मोहम्मद वासिमले ४४ तथा वृत्तिय अरविन्दले ४० रन बनाए । 

कसिलो बलिङ गर्न नसकेको नेपालका लागि गुल्सन झाले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । तीन खेलाडी रनआउट भए । 

दुवै टोली जित निकाल्दै तीन खेलको श्रृंखलामा सुखद शुरुआतको योजनामा रहेका छन् ।

नेपाल र यूएईबीच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । नेपाल २ पटक विजयी हुँदा ४ पटक यूएईले जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ