- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एक समय महात्मा बुद्ध वनमा ध्यान गरिरहेका थिए । त्यही समय राम्रो लुगा लगाएका केही युवकहरूको टोली कसैमाथि रिस पोखाउँदै आए । उनीहरू कतिले सङ्गीतका साजहरू भिरेका थिए । टोलीको मुखिया एक युवकले भगवान् बुद्धलाई शिर झुकाएर प्रणाम गरे अनि भने, 'महात्मा! तपाईँले यताबाट कुनै एउटी युवतीलाई गएको देख्नुभयो?'
बुद्धले भने, 'उसलाई तिमीले किन भेट्न चाहन्छौ?' त्यो युवकले शुरुदेखि अन्त्यसम्म उनीहरूको कुरा सुनाउँदै भने, 'हामी बनारसबाट यो जङ्गलमा मौज- मस्ती गर्न बिहान साथमा सङ्गीतका केही साजो-समान लिएर आएका थियौँ, हाम्रो साथमा एक युवती पनि थिई । जब हामीले नाच-गान, मौज- मस्ती गरेर खाना खायौँ, तब केही क्षण आराम गर्नु सबै सुत्यौँ। अनि जब हामी सबै उठ्यौँ, हाम्रो साथमा आएकी युवती देखेनौँ। ती युवती हाम्रो सबै गरगहना, समान चोरेर कहीँ भागेर गइछे। यस कारण हामी उसलाई खोजिरहेका छौं ।'
बुद्धले शान्त भावले युवकहरूलाई हेरे अनि भने, 'साथी हो! मलाई यो बताऊ कि यस समय त्यो युवतीलाई पाउनु सबैभन्दा जरुरी छ वा तिमीहरूले आफैँ-आफलाई पाउनु जरुरी छ?'
युवकहरू झसङ्ग झस्के। युवकहरूको मुखियाले जवाफ दिँदै भने, 'आदरणीय गुरुदेव! वास्तवमा यस समय हामीले सर्वप्रथम आफैँ-आफलाई पाउने प्रयास गर्नु पर्ने हो ।'
तब बुद्धले भने, 'जीवनलाई केवल वर्तमानमा पाउन सकिन्छ, तर हाम्रो मन वर्तमानमा कदाचित् मात्र रहन्छ । वर्तमानको बदलामा हामी अतीतको पछाडि दौड़न्छौं वा त भविष्यको पछाडि दौड़न्छौं। हामी सोच्छौँ कि हामी स्वयंमा स्थित छौं, तर वास्तविकमा हामी प्रायः कहिल्यै पनि आफूसँग जुड़ेका हुँदैनौँ। हाम्रो मन अतीतको यादमा वा भविष्यको सपनामा एकदमै व्यस्त रहन्छ। यी हरिया पातहरूलाई हेर, जसलाई घामका किरणहरूले माया गरेर हुर्काएका छन् । के तिमीहरूले कहिले पातहरूको हरियालीलाई पवित्र तथा जागृत हृदयले हेरेका छौ? यो हरियोपन जीवनको एक आश्चर्य हो । यदि तिमीहरूले वास्तवमा कहिले हेरेका छैनौ भने, कृपा गरेर अहिले यसो गरेर हेर ।'
ती युवकहरू एकदम मौन भए । तिनीहरूका आँखाले बुद्धका औँलाले इशारा गरेको पातहरूको दिशातिर हेरिरहेका थिए, तिनीहरू प्रत्येकले हरियो पातहरूलाई मध्यान्नको मन्द हावामा लहराइरहेको देखे ।
एक युवकको हातमा बाँसुरी बुद्धले मौन भङ्ग गर्दै भने, 'तिम्रो हातमा बाँसुरी रहेछ, बजाएर मलाई सुनाऊ ।' त्यो युवक पहिले त अकमकाएर लजाए, तर फेरि बाँसुरी बजाउन थाले । बाँसुरीको आवाज कुनै विरहीको रोदन जस्तो थियो ।
बाँसुरी बजाइसकेर त्यो युवकले बुद्धलाई भने, 'अब तपाईँले बजाएर हामीलाई सुनाउनुहोस् ।' अन्य युवकहरूले हाँसो गर्दै भन्छन्, ‘बुद्धू! के कहिले साधुले बाँसुरी बजाएको सुनेका छौ?' तर बुद्धले युवकको हातबाट बाँसुरी लिएर बजाउन थाले । सबै युवकहरू बुद्धले बाँसुरी बजाएको सुनेर मस्त भए अनि भन्न लागे, तपाईँले एकदमै राम्रो बाँसुरी बजाउनु हुँदो रहेछ। अभ्यास छुटेकोले के तपाईँलाई अप्ठ्यारो त लागेन ?'
बुद्धले भने, 'बाँसुरी बजाउनु केवल अभ्यासमाथि निर्भर गर्दैन । अहिले मैले पहिलेको भन्दा निक्कै राम्रो बजाएँ, किनभने मैले मेरो सत्य स्वरूपलाई पाएको छु। तिमीहरू तबसम्म कलाको महान् उच्चाईसम्म पुग्न सक्नेछैनौ, जबसम्म तिमीहरूले आफ्नो हृदयको सर्वोत्कृष्ट सुन्दरतालाई प्राप्त गर्ने छैनौ । वास्तवमा तिमीहरूले बाँसुरी बजाउन चाहन्छौ भने तिमीहरू जागृतिको मार्गमा चलेर आफ्नो सत्य स्वरूपलाई प्राप्त गर।'
फेरि बुद्धले उनीहरूलाई निर्वाण मार्गको ज्ञान गराए । तब सबै युवक नतमस्तक भएर भन्न लागे, 'कृपा गरेर हामीलाई आफ्नो शिष्य स्वीकार गर्नुहोस् ।' अनि उनीहरूले बुद्धको शिष्यत्व ग्रहन गरे । यसैले हर व्यक्तिले जीवनमा आफ्नो सत्य स्वरूपलाई पाउने प्रयास गर्नु पर्छ ।