arrow

ठगी मुद्दामा ज्याकलिनलाई जमानत, विदेश जान पाउने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
jacqueline-fernande.jpg

काठमाडौं ।  बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजले दुई सय करोड भारतीय रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा जमानत पाएकी छन् । 

पटियाला हाउस अदालतले अभिनेत्री ज्याकलिनलाई जमानत दिएको हो। अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रकम बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो । यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् । 

अभिनेत्री सुकेश चन्द्रशेखरसँग सम्बन्धित मुद्दामा फसेकी हुन् । सुकेश चन्द्रशेखरसँग उनको सम्बन्ध देखिएसँगै सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो । अभिनेत्रीले २०० करोड ठगी गरेको मुद्दा लागेका सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको अभियोगमा उनी तानिएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ