- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । छोरी आराध्याको जन्मदिनमा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन ट्रोल भएकी छन् । आज अभिषेक बच्चन र ऐश्वर्याकी छोरी आराध्याको ११ औँ जन्मदिन हो । अमिताभ बच्चनकी नातिनीको जन्म १६ नोभेम्बर २०११ मा भएको थियो ।
आराध्या बच्चनको ११ औँ जन्मदिनमा ऐश्वर्या र अभिषेकले आफ्नी प्यारी छोरीलाई धेरै माया व्यक्त गरेका छन् । अभिनेत्रीले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट एउटा तस्बिर पोस्ट गरेकी छिन् । उक्त तस्बिरमा ऐश्वर्या आराध्याको ओठमा चुम्बन गरिरहेकी छिन् । तस्बिर शेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, ‘मेरो माया, मेरो जीवन... म तिमीलाई माया गर्छु मेरी आराध्या।
ऐश्वर्याले आराध्याका लागि गरेको यो पोष्टसँगै ट्रोल शुरु भएको छ । नायिकाको यो तस्बिरमा फ्यानबाट कमेन्टको लहर आएको छ । जहाँ धेरैले ऐश्वर्याकी छोरीलाई जन्मदिनको शुभकामना दिइरहेका छन्, भने ऐश्वर्यालाई छोरीलाई ओठ किस गरेको भन्दै ट्रोल पनि गरिरहेका छन् ।
सन् २००८ मा अभिनेत्री ऐश्वर्या रायले अमिताभ बच्चनका छोरा अभिषेकसँग विवाह गरेकी थिइन् । विवाहको ४ वर्षपछि अभिनेत्रीले सन् २०११ मा छोरी आराध्यालाई जन्म दिइन् । घरमा जन्मिएकी कान्छी नातिनीको नाम अमिताभ बच्चनले नै राखेका थिए ।