चन्द्रमा अन्वेषणको नयाँ युग: नासाको आर्टिमिस-१ को सफल प्रक्षेपण
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
1.7k
Shares
काठमाडौं । नासाको मानवरहित चन्द्र मिशन 'आर्टेमिस-१' को अन्ततः सफलतापूर्वक प्रक्षेपण भएको छ । बुधबार नेपाली समय अनुसार करिब १२ बजेर ३२ मिनेटमा फ्लोरिडाको केप क्यानाभेरल स्थित केनेडी स्पेस सेन्टरबाट आर्टिमिस-१ को प्रक्षेपण भएको हो ।
नासा आर्टेमिस प्रक्षेपणका निर्देशक चार्ली ब्ल्याकवेल थम्पसनले सफल प्रक्षेपणपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'यो दिनलाई सम्भव बनाउन यो हार्डवेयरलाई सँगै ल्याउन काम गरेका हाम्रो महान् राष्ट्रका सबै पुरुष र महिलाहरू र आर्टेमिस पुस्ताहरु यो सबै तपाईहरुकै लागि हो।'