arrow

चन्द्रमा अन्वेषणको नयाँ युग: नासाको आर्टिमिस-१ को सफल प्रक्षेपण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
Artemis-1-nasa.jpg

काठमाडौं ।  नासाको मानवरहित चन्द्र मिशन 'आर्टेमिस-१' को अन्ततः सफलतापूर्वक प्रक्षेपण भएको छ । बुधबार नेपाली समय अनुसार करिब १२ बजेर ३२ मिनेटमा फ्लोरिडाको केप क्यानाभेरल स्थित केनेडी स्पेस सेन्टरबाट आर्टिमिस-१ को प्रक्षेपण भएको हो ।

प्राविधिक विफलता र प्राकृतिक प्रकोपहरूलगायतका विविध कारणले यो मिशन करिब दुई महिनापछि धकेलिएपछि आज सफलतापूर्वक प्रक्षेपण भएको छ ।

प्रक्षेपणपछि नासाले ट्विट गर्दै भनेको छ, 'आर्टिमिस-१ ले मानवीय चन्द्र अन्वेषणमा नयाँ अध्याय शुरु गरेको छ ।'

नासा आर्टेमिस प्रक्षेपणका निर्देशक चार्ली ब्ल्याकवेल थम्पसनले सफल प्रक्षेपणपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'यो दिनलाई सम्भव बनाउन यो हार्डवेयरलाई सँगै ल्याउन काम गरेका हाम्रो महान् राष्ट्रका सबै पुरुष र महिलाहरू र आर्टेमिस पुस्ताहरु यो सबै तपाईहरुकै लागि हो।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ