arrow

यूएईलाई नेपालले हरायो, श्रृंखलामा बराबरी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
nepal-uae-cricket-2022-11-16.jpg

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल यूएईलाई ३ विकेटले पराजित गर्दै विजयी भएको हो । 

जितसँगै तीन खेलको सिरिजमा नेपालले यूएईसँग १–१ को बराबरी गरेको छ । यूएईले दिएको १९२ रनको लक्ष्य नेपालले ४७ दशमलव ५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा गुलशन झाले सर्वाधिक ३७ रनको योगदान दिए । आरिफ शेखले अविजित ३३ रन बनाए भने सोमपाल कामी १६ रनमा अविजित रहे । 

त्यसैगरी कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्लले २६, दीपेन्द्र सिंह ऐरीले १३, कप्तान रोहित पौडेलले ८ तथा आशिफ शेखले ६ रन जोडे । बलिङतर्फ युएईका रोहन मुस्तफाले ३ विकेट लिए भने हजरत बिलालले २ विकेट लिए । त्यस्तै बसिल हामिदले १ विकेट लिए । 
    
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १९१ रन बनाएको थियो । युएईका लागि मुहम्मद वासिमले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै अलिशन शराफुले ३५ तथा वृत्य अरविन्दले २५ रन बनाए । बसिल हामिदले २४, कप्तान सीपी रिजवानले २२ तथा विष्णु सुकुमारनले १५ रन बनाए ।
    
युएईलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र ललित राजवंशीले समान ३–३ विकेट लिए । करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान १–१ विकेट लिए । 

पहिलो खेलमा नेपाल पराजित भएको थियो । श्रृंखलाको तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ