- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता सुनील शेट्टीले अक्षय बिनाको ‘हेराफेरी ३’ पुरानो हेराफेरी जस्तो नहुने बताएका छन् । अक्षय कुमारले हालै आफू फिल्म ‘हेराफेरी ३’ को हिस्सा नभएको बताएका छन् ।
सुनील शेट्टीले एक अन्तर्वार्तामा अक्षयको निर्णयमा आश्चर्य व्यक्त गर्दै अक्षयलाई फिर्ता ल्याउने विषयमा फिल्मका निर्मातासँग कुरा गर्ने बताएका छन् । उनले अझै पनि अवस्था राम्रो हुनेमा आफू आशावादी रहेको बताए ।
सुनील भन्छन्, 'सबै कुरा ट्रयाकमा चलिरहेको थियो। सबै कुराकानी पनि भइसकेको थियो तर एक्कासि के भयो थाहा भएन र अक्षय कुमार फिल्मबाट बाहिरिए । छिट्टै फिल्मका निर्माता फिरोज नाडियाडवालासँग बसेर के भयो र किन भयो जान्न कोसिस गर्नेछु ?
सुनिलले थप भने, ‘अक्षय, परेश र मैले यो फिल्मका लागि स्वीकृति दिएका थियौँ र अहिले यो ट्विस्टले मलाई आश्चर्यमा पारेको छ । अक्षय बिनाको फिल्म ‘हेराफेरी ३’ उस्तै नहुन सक्छ । राजु, बाबुभैया र श्याम बिना अधुरो हुनेछ ।
‘हेराफेरी’ बलिउडको सदाबहार फिल्म मध्येको एक हो । यो चलचित्रलाई प्रियदर्शनले निर्देशन गरेका हुन् । यसअघिका दुई भागमा अक्षय कुमार, सुनील शेट्टी र परेश रावल मुख्य भूमिकामा थिए।
दुवै भाग दर्शकमाझ त्यतिबेलाको जस्तै आज पनि चर्चित छन् । यो फिल्मसँग फ्यानहरू भावुक रूपमा जोडिएको कारण फ्यानहरूले अक्षय बिनाको फिल्म कल्पना पनि गर्न सक्दैनन् । यो फिल्मको पहिलो भाग सन् २००० मा रिलिज भएको थियो ।
हेराफेरी ३ मा अक्षय कुमारको सट्टा ३५ देखि ४० करोडसम्म लिने कार्तिक आर्यनलाई कास्ट गर्ने चाहेका छन् । हालैको फिल्म भूल भुलैया २ ले २६० करोडभन्दा बढीको व्यापार गरेको थियो ।यस्तो अवस्थामा निर्माताहरुले उनलाई सट्टे बाजी गरिरहेका छन् ।