arrow

अमेरिकी सदनमा रिपब्लिकनकाे जित, डेम्रोक्रेटका राष्ट्रपति बाइडेनलाई चुनौती

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
us-republican-representative.jpg

काठमाडौं। अमेरिकी तल्लो सदन प्रतिनिधिसभामा रिपब्लिकन पार्टीले बहुमत हात पारेको छ। माथिल्लो सदन सिनेटमा भने, राष्ट्रपति जो बाइडेनको पार्टी डेमोक्रेटले आफ्नो नियन्त्रण कायम गरेको छ।

यसले बाइडेनको दुई वर्षे कार्यकालमा अमेरिकी सरकार विभाजित रहने देखिएको छ। प्रतिनिधिसभामा रिपब्लिकनहरूको बहुमत हुँदा विपक्षी दलले राष्ट्रपति बाइडेनको एजेन्डामा लगाम लगाउने क्षमता राख्छ।

यसभन्दा बढी रिपब्लिकनले बाइडेनविरुद्ध हानिकारक अनुसन्धानहरु सुरु गर्ने क्षमता राख्छ। मध्यावधि चुनावको मतगणना एक हप्ता भन्दा बढी समयसम्म जारी रहेका बेला रिपब्लिकनले बुधबार बहुमतका लागि आवश्यक २१८ सीट हात पारेको हो।

प्रतिनिधिसभाको हारले वाशिंगटनमा बाइडेनको केही शक्ति खोसेको छ। तर, बुधवार बाइडेनले रिपब्लिकनका सदनका नेता केभिन म्याकार्थीलाई बधाई दिँदै नतिजा देखिने गरीसँगै काम गर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ