arrow

काभ्रेमा दर्जनौं एमाले नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १ बिहिबार
uml-to-congress-kavre-2079-08-01.jpg

काभ्रेपलाञ्चोक । निर्वाचनको संघारमा काभ्रेको धुलिखेल नगरपालिका वडा नं १० स्थित बतासेमा नेकपा एमालेका एक दर्जन क्रियाशील युवाहरु पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

धुलिखेल नगरपालिका वडा नं १० मा आयोजित एक कार्यक्रमको अवसरमा नेकपा एमालेकी नेतृ एवं एकल महिला समूहकी जिल्ला सचिव कुमारी थापाको नेत्तृत्वमा दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

त्यस्तै धुलिखेल नगरपालिका वडा नं ११ मा आयोजित कोण सभा कार्यक्रममा नमोबुद्ध नगरपालिका वडा नं ९ का  नेता  दिनेश गौतम नेपाली कांग्रेस प्रवेश गरेका हुन् । गौतम स्थानीय तह निर्वाचन २०७४ मा नयाँ शक्ति पार्टीबाट वडा अध्यक्ष उम्मेदवार थिए । 

लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रदेश सभा १ (ख) का साझा उम्मेदवार रहेका कांग्रेस जिल्ला सभापति तीर्थ लामाले उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए । नवप्रवेशीले एमालेले झुटको खेती गरेको, व्यक्तिवादी प्रवृत्ति हाबी भएकाले एमाले परित्याग गरेको बताए ।

कांग्रेस जिल्ला सभापति लामाले नवप्रवेशीलाई स्वागत गर्दै कांग्रेसले सबैको अधिकारको लागि लड्ने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ