arrow

मन्त्रालयको छैटौँ तलाबाट हाम फालेर आत्महत्याको प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
man-fall.jpg

काठमाडौं । महाराष्ट्र सरकारको मुख्यालय 'मन्त्रालय' को छैटौँ तलाबाट एक व्यक्तिले हाम फालेका छन् । ४३ वर्षीय बापुनारायण मोकासे मन्त्रालयको छैटौँ तलाबाट हाम फालेका हुन् । उनी सुरक्षा जालमा खसेपछि उनको ज्यान जोगिएको छ । यससँगै स्थानीय प्रहरीले उक्त व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रेमिकालाई न्याय पाउन उनले मन्त्रालयको छैठौं तलाबाट हाम फालेको बताइएको छ ।

बीड जिल्ला जोगेश्वरीका मोकासेले आफ्नी प्रेमिकालाई बलात्कार गरिएको दाबी गरेका छन् । उनले २०१८ मा झुण्डिएर आत्महत्या गरेकी थिइन् । 

सो विषयमा प्रहरीले उचित अनुसन्धान नगरेको र प्रहरीले कुनै जवाफ नदिएपछि उनी महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दीलाई भेट्न मन्त्रालय गएका थिए । तर, मन्त्रिपरिषद् बैठक मन्त्रिपरिषद्को बैठक बसेकाले उनले मुख्यमन्त्रीलाई भेट्न भने पाउन सकेनन् । 

त्यसपछि दिउँसो करिब तीन बजे बापुनारायणले हताश भएर मन्त्रालयको छैठौं तलाबाट हाम फालेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ