arrow

यूएईमाथि नेपालको सहज जित, श्रृंखलामाथि कब्जा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
cricket-audience-tu-2022-11-18.jpg

काठमाडौं । युनाइटेड अरब इमिरेट्स यूएईलाई तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा पराजित गर्दै नेपालले श्रृंखलामाथि कब्जा जमाएको छ । नेपालले श्रृंखला २–१ ले जितेको हो । पहिलो खेलमै हार बेहोरेको नेपालले त्यसपछिका दुवै खेलमा जित हासिल गर्दै श्रृंखलामाथि कब्जा जमाएको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको तेस्रो खेलमा नेपाल ६ विकेटले विजयी भयो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।

आयान अफ्जल खानले अविजित रहँदै ५४ तथा अलिशान शराफूले ३३ रन बनाएको इनिङ्समा गुल्सन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले समान २–२ विकेट लिए । ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए । 

जवाफमा नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको हो । प्लेयर अफ द म्याच कुशल भुर्तेलले अविजित रहँदै ८८ रन बनाए । ज्ञानेन्द्र मल्ल ६४ तथा कप्तान रोहित पौडेल १० रनमा आउट भए । 

नेपालको कप्तानी रोहित पौडेलले गरेका हुन् । उनले घरेलु मैदानमा औपचारिक रुपमा सम्हालेको कप्तानीबाट नेपाललाई उपाधि दिलाएका हुन् । यसअघिका कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार आरोपमा जेलमा छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ