arrow

सीले भने- २०२३ मा बेल्ट एण्ड रोड फोरम आयोजना गर्छौ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २ शुक्रबार
xi-jin-ping-china-president.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले अर्को वर्ष तेस्रो बेल्ट एण्ड रोड (बीआरआई) फोरम फर इन्टरनेशनल कोअपरेसनको आयोजना गर्ने विचार गरिरहेको बताएका छन् । यो फोरम कोभिड-१९ को महामारी शुरु भए यता रोकिएको छ ।

बेल्ट एण्ड रोड सीको हस्ताक्षरसहितको पूर्वाधार लगानीको पहल हो । यस फोरमको अघिल्लो संस्करण १०१७ र २०१९ मा दर्जनौं देशका नेता र अधिकारीहरू सहभागी भएका थिए ।

यद्यपि चीनले कोभिड-१९को महामारीपछि आफ्नो सीमानाहरू सबै बन्द गरेको छ र सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रमहरू रद्द गरेको छ ।

चीनले भर्खरै आफ्नो कडा शून्य कोभिड-१९ नीतिका केही तत्वहरूलाई सहज बनाउन थालेको छ । धेरै विश्लेषकहरूले यो फोरमको आयोजना मार्च वा अप्रिलमा शुरु हुने बताएका छन् ।

सीले शुक्रबार बैंककमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) को सम्मेलनलाई सम्बोधन गरेका छन् । गत फेब्रुअरीमा बेइजिङले 'क्लोज लुप' भित्र शीतकालीन ओलम्पिक आयोजना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ