arrow

यस्तो हुनेछ कतार विश्वकपको उद्घाटन कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
qatar-world-cup-2022-11-20a.jpg

काठमाडौं । २२ औं विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा शुरु हुँदैछ । विश्वकपको उद्घाटन ६० हजार दर्शक क्षमताको अल बायट रंगशालामा भव्य उद्घाटन हुनेछ ।

आज पहिले औपचारिक उद्घाटन समारोह हुनेछ । त्यसपछि भने उद्घाटन खेल हुनेछ । उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन् । 

यो प्रस्तुतिपछि उद्घाटन खेल हुनेछ । उद्घाटनमा आयोजक कतार र इक्वेडर खेल्दैछन् । उद्घाटन खेल राति ९ः४५ बजे शुरु हुनेछ ।

यो विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

आठ रंगशालामा आयोजना हुने विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ