arrow

विश्वकपबाट फिफालाई १५ अर्ब डलरको कीर्तिमानी आम्दानी

पुनः विश्वकप आयोजना गर्ने ट्रम्पको चाहना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
worldcup-football-2026-trophy-yyy.jpg

काठमाडौँ । भर्खरै सम्पन्न फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा) का लागि ऐतिहासिक आर्थिक सफलता दिलाएको छ। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी भएको छ, जुन सुरुवाती अनुमान ११ अर्ब डलरभन्दा निकै बढी हो।

टिकट बिक्री, हस्पिटालिटी प्याकेज र दोस्रो बजार (सेकेन्डरी मार्केट) मा भएको टिकट कारोबारबाट फिफाको आम्दानी अपेक्षाभन्दा धेरै बढेको हो। सेकेन्डरी बजारमा टिकट खरिद-बिक्री हुँदा फिफाले क्रेता र विक्रेता दुवै पक्षबाट १५–१५ प्रतिशत शुल्क लिने व्यवस्था गरेको थियो। यो कीर्तिमानी आम्दानीसँगै विश्वभरका सदस्य फुटबल संघहरूले थप आर्थिक अनुदान प्राप्त गर्ने अपेक्षा गरे पनि रकम वितरणको ठोस आधार र मोडालिटीबारे फिफाले अन्तिम निर्णय गर्न बाँकी नै छ।

आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय कीर्तिमान ठूलो सफलता बनेको छ। आगामी मार्चमा हुने फिफा अध्यक्षको निर्वाचनअघि नै उनले २०० भन्दा बढी सदस्य राष्ट्रको समर्थन जुटाइसकेका छन् र थप अनुदानको आशमा रहेका सदस्य संघहरूले पनि अहिले सार्वजनिक रूपमा कुनै असन्तुष्टि व्यक्त गरेका छैनन्।

यसैबीच, २०२६ को विश्वकपको अभूतपूर्व आर्थिक सफलताले अमेरिकाले भविष्यमा पुनः विश्वकप आयोजना गर्ने सम्भावनालाई बलियो बनाएको छ। सन् २०३८ को विश्वकप आयोजनाका लागि चाँडै बोलपत्र (बिडिङ) खुल्ने तयारी भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका पुनः विश्वकप आयोजना गर्न इच्छुक रहेको बताएका छन्। उनले एक कार्यक्रममा यसपटक अमेरिका एक्लैले विश्वकप आयोजना गर्ने चाहना व्यक्त गर्दै आगामी दिनमा क्यानडा र मेक्सिकोलाई सह-आयोजक नबनाउने टिप्पणी समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ