arrow

विश्वकपमा डेब्यु गर्दै कतार, अनुभवी इक्वेडरविरुद्ध कस्तो होला भिडन्त ?   

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ४ आइतबार
qater-equador-football-2022.jpg

काठमाडौं । कतार विश्वकप २०२२ को उद्घाटन खेलमा राति ९ः४५ बजे आयोजक कतार र इक्वेडर खेल्दैछन् । मध्यपूर्वी एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजनासँगै खेल्न लागेको हो । आयोजक राष्ट्रको रुपमा कतार विश्वकपमा सिधै छनोट भएको हो ।

अहिलेसम्मकै सर्वाधिक महंगो आयोजना भइरहेको यो विश्वकपको डेब्यु खेलमै कतार जित निकाल्न चाहन्छ । कतार एएफसी एसिया कप २०१९ को च्याम्पियनसमेत हो । 

विश्वकप खेल्न पाए पनि दक्षिण अमेरिकी राष्ट्र इक्वेडरविरुद्ध पहिलो खेल खेल्नु कतारको लागि ठूलो चुनौती हुनेछ ।

इक्वेडरले चौथो पटक विश्वकप खेलिरहेको हो । इक्वेडरले सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा इक्वेडरले समूह चरण पार गरेको थियो । 

हेड टु हेडमा दुवै टिमले आपसमा तीन खेल खेलेका छन् । सबै खेल मैत्रीपूर्ण हुन् । जसमा एक खेल बराबरी भएको छ भने दुई खेलमा एक एक खेल जितेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ