arrow

मुस्ताङमा कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
yogush-gauchan-nc-mustang.jpg

काठमाडौं । मुस्ताङमा प्रतिनिधिसभाको मतगणना भइरहेको छ । हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन अगाडि रहेका छन् । 

९ सय ८३ मत मतगणना हुँदा गौचनले ५ सय ३७ पाएका छन् । एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ मत पाएका छन् । ११ मत बदर भएको छ ।

योगेश गौचन २०७३ मा वाणिज्यमन्त्री बनेका रोमी गौचनका छोरा हुन् । विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीन पटक र एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ