मुस्ताङमा कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन अगाडि
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
1.6k
Shares
काठमाडौं । मुस्ताङमा प्रतिनिधिसभाको मतगणना भइरहेको छ । हालसम्मको मतगणना अनुसार नेपाली कांग्रेसका सबैभन्दा कान्छा उम्मेदवार योगेश गौचन अगाडि रहेका छन् ।
९ सय ८३ मत मतगणना हुँदा गौचनले ५ सय ३७ पाएका छन् । एमालेका प्रेमप्रसाद तुलाचनले ४२१ मत पाएका छन् । भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले १२ र राप्रपा नेपालका प्रविणकुमार शेरचनले २ मत पाएका छन् । ११ मत बदर भएको छ ।
योगेश गौचन २०७३ मा वाणिज्यमन्त्री बनेका रोमी गौचनका छोरा हुन् । विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीन पटक र एमालेले दुई पटक संसदीय निर्वाचन जितेका छन् ।