arrow

कतार विश्वकपमा इरानको कमजोर शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
england-iran-football.jpg

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले बलियो जित हात पारेको छ ।

खलिफा रंगशालामा भएको खेलमा इरानलाई ६–२ ले पराजित गर्दै इंग्ल्यान्डले बलियो प्रदर्शन गरेको हो ।

पहिलो हाफमा नै तीन गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा २ गोल थपेको थियो भने एक पेनाल्टीलाई गोलमा परिणत गरेको थियो । । 

इंग्ल्यान्डका बुकायो साकाले २ तथा जुड बेलिङघम, रहिम स्टर्लिङ, ज्याक ग्रिलिस र मार्कस रास्फर्डले एकएक गोल गरे । 

इरानका लागि मेहदी तारेमीले गरेको दुवै गोल सान्त्वना सावित भयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ