arrow

कतार विश्वकपमा इङ्गल्याण्डले इरानविरुद्ध बर्सायो आधा दर्जन गोल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
qatar-world-cup-england-iran.jpg

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको दोस्रो खेलमा इङ्गल्याण्ड विजयी भएको छ । इङ्गल्याण्डले इरानलाई ६–२ ले पराजित गरेको हो । 

४–० ले अग्रता लिएको इङ्गल्याण्डले त्यसपछि दुई गोल गर्दा दुई गोल खाएको हो । इङ्गल्याण्डका लागि बुकायो साकाले दुई तथा जुडे बेलिङहम, रहिम स्टर्लिङ, मार्कस रस्फोर्ड र ज्याक ग्रिआलिसले एक एक गोल गरे । 

इरानका लागि महेन्दी तारिमीले दुवै गोल गरेका हुन् ।  

योसँगै समूह बी को इङ्गल्याण्डले कतार विश्वकपमा शानदार शुरुआत गरेको छ । यो समूहमा अमेरिका र वेल्स पनि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ